Section 24A
नेपाल सरकारले निरीक्षण गराउन वा विवरण माग गर्न सक्ने
(१) नेपाल सरकारले जुनसुकै
बखत अधिकृतहरुको टोली खटाई यस ऐन बमोजिम दर्ता भएको नेपाली पानी जहाजको निरीक्षण
तथा त्यस्तो पानी जहाज सञ्चालनको व्यवस्था गर्ने संगठित संस्थाको काम कारवाईको
जाँचपडताल गर्न सक्नेछ ।
(२) यस ऐन बमोजिम पानी जहाज सञ्चालनको व्यवस्था गर्ने संगठित संस्थाको काम
कारवाई सम्बन्धी आवश्यक विवरण तथा कार्य प्रगति सम्बन्धी प्रतिवेदन पेश गर्न नेपाल
सरकारले घटीमा पन्ध्र दिनको म्याद तोकी आदेश दिन सक्नेछ र त्यस्तो आदेश भएमा त्यस्तो
विवरण वा प्रतिवेदन पेश गर्नु सम्बन्धित संगठित संस्थाको प्रमुख व्यक्तिको कर्तव्य हुनेछ ।